नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुख पदमा डा. चुमनलाल दासलाई जिम्मेवारी सुम्पिएको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले ४ माघमा मन्त्रीस्तरीय निर्णय गर्दै डा. दासलाई उक्त महाशाखाको प्रमुखको जिम्मेवारी सुम्पिएकी हुन् ।
डा. दास यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फाजिलमा थिए । त्यसअघि उनी नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत थिए ।
यसअघि नीति, योजना तथा अनुगमन महाशाखाको प्रमुख रहेका डा. कृष्णप्रसाद पौडेललाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
बुधबार, भदौ २४, २०८३
