नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई दाबी प्रक्रिया अझ व्यवस्थित बनाउन आह्वान गरेको छ।
बोर्डसँग सम्झौता गरी स्वास्थ्य बीमा सेवा दिँदै आएका सबै स्वास्थ्य संस्थाहरूले अब दाबी प्रविष्ट गर्नुअघि आफ्नै संस्थाभित्र समिति गठन गरी दाबीको पुनरावलोकन गर्नुपर्ने व्यवस्था लागू गरिने भएको छ।
स्वास्थ्य बीमामा रियल टाइम दाबी सम्बन्धी कार्यविधि, २०८० अनुसार दाबी रुजु तथा मूल्यांकन प्रक्रिया सरल बनाउँदै दाबी अस्वीकृत हुने दर घटाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ।
समितिमा स्वास्थ्य संस्थाकै प्रतिनिधि रहने र सो समितिबाट दाबी जाँच–पुनरावलोकन गरेपछि मात्रै बोर्डले तोकेको मापदण्डअनुसार आवश्यक कागजातसहित दाबी प्रविष्ट गर्नुपर्नेछ।
बोर्डले तोकिएको प्रक्रिया र मापदण्ड पूरा नगरी पेश गरिएका दाबीहरूको भुक्तानी गर्न बाध्य नहुने स्पष्ट पारेको छ। यस निर्णयले दाबी प्रक्रिया थप पारदर्शी र प्रभावकारी हुने विश्वास गरिएको छ।
उक्त जानकारी बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवन कुमार साहद्वारा जारी सूचनामार्फत गराइएको हो।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
