नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीअन्तर्गत विभिन्न चिकित्सकीय पदहरू करार सेवामा पूर्ति गर्न आवेदन आह्वान गरेको छ।
अस्पतालको कर्मचारी प्रशासन शाखाद्वारा जारी सूचनाअनुसार इच्छुक तथा योग्य नेपाली नागरिकहरूले तोकिएको म्यादभित्र अनलाइनमार्फत दरखास्त दिनुपर्नेछ। आवेदन फाराम vacancy.tuth.org.np मा लगइन गरी भर्न सकिने जनाइएको छ।
सूचनामा अनुसार योग्य उम्मेदवारहरूलाई क्लिनिकल रजिष्ट्रार पदहरू विभिन्न विभागहरूमा माग गरिएको छ। जसअनुसार जनरल सर्जरी, इन्टरनल मेडिसिन, क्रिटिकल केयर मेडिसिन, रेडियोलोजी, हाडजोर्नी तथा एनेस्थेसियोलोजी क्षेत्रमा विशेषज्ञ चिकित्सकहरू आवश्यक रहेका छन्।
सम्बन्धित विषयमा एमएस वा एमडी (वा सो सरह) उत्तीर्ण हुनुपर्नेछ भने केही पदहरूका लागि थप फेलोशिप अनुभव समेत आवश्यक गरिएको छ उम्मेदवारहरूले एसएलसीदेखि माथिका सबै शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकता, नेपाल मेडिकल काउन्सिल दर्ता प्रमाणपत्र, विदेशी अध्ययनको समकक्षता प्रमाणपत्र (यदि लागू भएमा) र पासपोर्ट साइज फोटो अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।
दरखास्त बुझाउने अन्तिम मिति २०८३ असार १० गतेसम्म रहेको छ। लिखित परीक्षा र अन्तर्वार्ताका आधारमा छनोट प्रक्रिया अघि बढाइनेछ। नतिजा प्रकाशन भएको मितिले एक वर्षसम्म योग्यताक्रमअनुसार पदपूर्ति गरिने अस्पतालले जनाएको छ। परीक्षा सम्बन्धी विस्तृत कार्यक्रम पछि www.tuth.org.npमा प्रकाशित गरिने बताइएको छ।

विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
