नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागले देशभरका ५ हजार ३ सय २ वटा औषधि पसल तथा फार्मेसीहरूको दर्ता प्रमाणपत्र स्वतः रद्द भएको जनाएको छ। विभागले मंगलबार जारी गरेको सूचनामा कानुनी व्यवस्था अनुसार तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा नगरेका पसलहरूको दर्ता खारेज भएको स्पष्ट पारेको हो।
विभागका अनुसार औषधि ऐन, २०३५ को दफा ११ तथा सोही दफाको संशोधित उपदफा (५) बमोजिम औषधि उत्पादन अनुज्ञापत्र, सिफारिस पत्र तथा प्रमाणपत्रको अवधि र नवीकरणसम्बन्धी व्यवस्था लागू गरिएको छ। सो अनुसार म्याद समाप्त भई नवीकरण नगरेका पसलहरूको दर्ता प्रमाणपत्र (अनुसूची–९) स्वतः खारेज भएको जनाइएको छ।
जेठ २८ गतेसम्म नवीकरण अवधि समाप्त भएका पसलहरूको सूचीसमेत संलग्न गरी सार्वजनिक गरिएको विभागले जनाएको छ। कानुनी प्रावधान अनुसार सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई जानकारी गराउन यो सूचना जारी गरिएको हो।
विभागले अब म्याद समाप्त भएका पसलहरूले कानुनी रूपमा औषधि बिक्री–वितरण गर्न नपाउने स्पष्ट पारेको छ। साथै, सबै औषधि पसल सञ्चालकहरूलाई आफ्नो प्रमाणपत्रको अवस्था तत्काल यकिन गरी आवश्यक नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
विभागले औषधि व्यवसाय सञ्चालन गर्दा प्रचलित कानुन र निर्देशनहरूको पूर्ण पालना गर्न र बिना मापदण्ड सञ्चालन नगर्न कडा निर्देशन समेत दिएको छ। जनस्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र भएकाले नियम उल्लङ्घन नगर्न सचेत गराइएको छ।

निःशुल्क स्वास्थ्य पोर्टलमार्फत १२ सय भन्दा बढीले लिए सेवा
मंगलबार, असार २, २०८३
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत
मंगलबार, असार २, २०८३
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् तथा निकायका प्रमुख पदमा आवेदन आह्वान
मंगलबार, असार २, २०८३
डा. संगीता मिश्रासहित ८ जनाले पाए सफाइ, अन्य ५ जना दोषी ठहर
मंगलबार, असार २, २०८३

