नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रालयले छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पदका लागि प्राप्त आवेदनमध्ये ८६ जनाको नाम संक्षिप्त सूचीमा समावेश गरेको छ।
मन्त्रालयका अनुसार विभिन्न प्रतिष्ठानका लागि कुल ११३ आवेदन परेका थिए। प्रारम्भिक छनोटपछि तीमध्ये ८६ उम्मेदवारलाई संक्षिप्त सूचीमा राखिएको हो।
सबैभन्दा धेरै उम्मेदवार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का लागि छनोट भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति पदका लागि २२ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन्।
त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १६ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १५ जना, तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १४ जना उम्मेदवार छनोट भएका छन्।
यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सबैभन्दा कम ७ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रालयले उपकुलपति नियुक्ति प्रक्रियाअन्तर्गत योग्य उम्मेदवारहरूको छनोटका लागि संक्षिप्त सूची सार्वजनिक गरिएको जनाएको छ। मन्त्रालयका अनुसार आगामी चरणमा उम्मेदवारहरूको मूल्याङ्कन तथा अन्तर्वार्ता पछि सम्बन्धित प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि सिफारिस गरिनेछ।

इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
