नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रालयले छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पदका लागि प्राप्त आवेदनमध्ये ८६ जनाको नाम संक्षिप्त सूचीमा समावेश गरेको छ।
मन्त्रालयका अनुसार विभिन्न प्रतिष्ठानका लागि कुल ११३ आवेदन परेका थिए। प्रारम्भिक छनोटपछि तीमध्ये ८६ उम्मेदवारलाई संक्षिप्त सूचीमा राखिएको हो।
सबैभन्दा धेरै उम्मेदवार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का लागि छनोट भएका छन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपति पदका लागि २२ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन्।
त्यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १६ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १५ जना, तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १४ जना उम्मेदवार छनोट भएका छन्।
यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १२ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सबैभन्दा कम ७ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रालयले उपकुलपति नियुक्ति प्रक्रियाअन्तर्गत योग्य उम्मेदवारहरूको छनोटका लागि संक्षिप्त सूची सार्वजनिक गरिएको जनाएको छ। मन्त्रालयका अनुसार आगामी चरणमा उम्मेदवारहरूको मूल्याङ्कन तथा अन्तर्वार्ता पछि सम्बन्धित प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि सिफारिस गरिनेछ।

विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
