नेभिगेशन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको बजेट पुस्तिका सार्वजनिक ( यस्तो छ बजेट पुस्तिका)

add final

नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन गरिएको बजेट तथा कार्यक्रमसम्बन्धी विस्तृत विवरणसहितको शीर्षकगत बजेट पुस्तिका सार्वजनिक गरेको छ।

पुस्तिकामा संघीय सरकार अन्तर्गत सञ्चालन हुने कार्यक्रमहरूका साथै प्रदेश र स्थानीय तहलाई सशर्त अनुदानमार्फत कार्यान्वयन गरिने योजनाहरूको समेत विवरण समेटिएको छ।

गत १५ जेठमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए।

सोही बजेटअनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र मातहत निकायका लागि ९३ अर्ब ३७ करोड ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको करिब ४.५४ प्रतिशत हो।

मन्त्रालयका अनुसार कुल विनियोजनमध्ये संघीय तहबाट सञ्चालन हुने कार्यक्रमका लागि ५५ अर्ब ९२ करोड २६ लाख रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको ५८.०२ प्रतिशत हो। यसमा प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणमार्फत जाने रकम पनि समावेश गरिएको छ।

त्यसैगरी प्रदेश सरकारका लागि ५ अर्ब ६२ करोड ५१ लाख रुपैयाँ (५.८४ प्रतिशत) र स्थानीय तहका लागि ३४ अर्ब ८२ करोड ९६ लाख रुपैयाँ (३६.१४ प्रतिशत) विनियोजन गरिएको छ।

मन्त्रालयले सार्वजनिक गरेको उक्त पुस्तिकामा संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने स्वास्थ्यसम्बन्धी कार्यक्रमहरूको विस्तृत विवरण तथा तिनका लागि छुट्याइएको बजेट संरचना समावेश गरिएको छ।

बजेट पुस्तिकाका हेर्नका लागि क्लिक गर्नुहोस्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट