नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा सरोकारवालाबीच अर्थपूर्ण छलफल सम्पन्न भएको छ। उक्त छलफलमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. सुभास प्रसाद आचार्य तथा मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्नमणी गजुरेलको उपस्थिति रहेको थियो।
छलफलका क्रममा स्वास्थ्य बीमासम्बन्धी नीतिगत सुधार, वैज्ञानिक दाबी मूल्यांकन प्रणालीलाई थप सुदृढ बनाउने विषय, साथै सम्बन्धित निकायबीच आपसी समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा विस्तृत विचार–विमर्श गरिएको थियो। अस्पतालबाट उठाइएका विभिन्न विषयहरूमा विज्ञहरूबीच थप परामर्श गरी यथाशीघ्र स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको छ।
उक्त छलफलले स्वास्थ्य बीमा प्रणालीलाई प्रभावकारी, पारदर्शी तथा सेवाग्राहीमैत्री बनाउने दिशामा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
