नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्स तथा अन्य स्वास्थ्यकर्मीका सेवा–सुविधासम्बन्धी सहमति कार्यान्वयन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको छ।
मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूलाई आफूहरूसँग भएको सम्झौता अनुसार स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन आग्रह गरेको हो। मङ्सिर १५ गते भएको सहमति अझै पूर्ण रूपमा लागू नभएको भन्ने गुनासो आएपछि मन्त्रालयले यस्तो कदम चालेको जनाएको छ।
यसअघि पनि मन्त्रालयले मङ्सिर १५ मा निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीका सेवा–सुविधासम्बन्धी सहमति कार्यान्वयनका विषयमा पत्राचार गरिसकेको थियो।
मन्त्रालयका अनुसार उक्त सहमतिमा उल्लेख गरिएको “स्वास्थ्यकर्मी” शब्दले नर्ससँगै ल्याब टेक्निसियन, डेन्टल सेवा प्रदायक, सामान्य चिकित्सा, फार्मेसी, रेडियोलोजी, जनस्वास्थ्यलगायत विभिन्न सेवा समूहमा कार्यरत जनशक्तिलाई समेत समेट्छ।
नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द
बिहीबार, असार ४, २०८३
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
बिहीबार, असार ४, २०८३

