नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले यस वर्ष पनि बालिका तथा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोप लगाउने कार्यक्रम सञ्चालन गर्न लागेको छ।
स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार, अभियान यही महिनाको तेस्रो सातादेखि देशभरि सुरु हुनेछ।
यसअन्तर्गत, कक्षा ६ मा भर्ना भएका छात्रा र विद्यालयमा नपरेका १० वर्ष उमेर समूहका बालिकाहरूलाई खोप उपलब्ध गराइनेछ। साथै, कक्षा ६ मा पढ्ने ११–१२ वर्षका छात्रा पनि खोप पाउनेछन्।
डा. गौतमले भन्नुभयो, ‘फागुनको पहिलो सातासम्म सबै लक्षित बालिकालाई खोप दिइसक्ने तयारी छ। अहिले स्वास्थ्यकर्मीहरूलाई तालिम दिइरहेको छौं।’
गत वर्ष पनि सरकारले कक्षा ६ देखि १० मा पढ्ने तथा विद्यालयबाहिरका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख बालिकालाई खोप लगाएको थियो। त्यतिबेला छुटेका बालिकाहरूलाई यस वर्ष खोप दिइनेछ। यस वर्ष करिब ३ लाख ५० हजार बालबालिकालाई खोप उपलब्ध गराइने लक्ष्य रहेको छ।
सरकारले खोप चीनबाट ल्याएको र यसमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोग रहेको जानकारी दिएको छ। नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरका कारण चार महिला जीवन गुमाउँछन्। यस क्यान्सरको मुख्य कारण ह्युमन पापिलोमा भाइरस संक्रमण रहेको हुँदा खोप अत्यन्त आवश्यक मानिन्छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
