नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल फार्मेसी परिषद्ले आफ्नो व्यक्तिगत तथा पेशागत विवरण समयमै अद्यावधिक नगर्ने फर्मासिस्ट र फार्मेसी सहायकलाई कुशल अभ्यास प्रमाणपत्र तथा कुनै पनि प्रकारको सिफारिस पत्र नदिने स्पष्ट पारेको छ।
परिषद्को नियमावली २०५९ को परिच्छेद ७ नियम ७.२ अनुसार दर्ता भएका फर्मासिस्ट वा फार्मेसी सहायकले पेशा त्यागेमा, कार्यस्थल वा ठेगाना परिवर्तन भएमा एक महिनाभित्र लिखित रूपमा परिषद्लाई जानकारी गराउनुपर्ने व्यवस्था छ। साथै, उनीहरूले आफ्नो कार्य विवरण र अन्य आवश्यक सूचना नियमित रूपमा अद्यावधिक गर्नुपर्ने नियम रहेको छ।
परिषद्ले जानकारी गराउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत ‘अपडेट नेम रजिस्ट्रेसन’ प्रणाली प्रयोग गरी नाम दर्ता, कार्यस्थल तथा अन्य विवरण अद्यावधिक गर्न सकिने जनाएको छ। तोकिएको समयमा विवरण अद्यावधिक नगर्ने व्यक्तिलाई कुशल अभ्यास प्रमाणपत्र वा कुनै पनि सिफारिस पत्र उपलब्ध गराउन परिषद् बाध्य नहुने पनि स्पष्ट गरिएको छ।
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरी चापागाईं नियुक्त
बुधबार, साउन २०, २०८३
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
बुधबार, साउन २०, २०८३
