नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रमको दुरुपयोग नियन्त्रण गर्दै यसलाई अझ प्रभावकारी र दिगो बनाउन सबै नागरिक, स्वास्थ्य सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
बोर्डले मिति २०८२ माघ १३ गते जारी गरेको सार्वजनिक सूचनामार्फत स्वास्थ्य बिमा कार्यक्रम सामाजिक स्वास्थ्य सुरक्षाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यसको गुणस्तर कायम राख्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको स्पष्ट पारेको छ।
सूचनामा जनाइएअनुसार सरकारले सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गत सञ्चालन गरिरहेको स्वास्थ्य बिमा कार्यक्रमले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। यस कार्यक्रमले युनिभर्सल हेल्थ कभरेजको राष्ट्रिय लक्ष्य हासिल गर्न उल्लेखनीय योगदान दिँदै आएको बोर्डको भनाइ छ।
स्वास्थ्य बिमा ऐन, २०७४, बिमा नियमावली, २०७५ तथा अन्य सम्बन्धित नीतिगत व्यवस्थाहरूले स्वास्थ्य बिमालाई सामाजिक स्वास्थ्य सुरक्षाको आधारस्तम्भका रूपमा स्थापित गरेको पनि बोर्डले स्मरण गराएको छ।
सीमित स्रोतसाधनको अवस्था हुँदाहुँदै पनि हाल दैनिक करिब ४० हजार नागरिकले स्वास्थ्य बिमाको सुविधा लिइरहेका छन्। यसबाट औसत रूपमा दैनिक करिब २ करोड रुपैयाँ बराबरको स्वास्थ्य खर्चबाट आम नागरिक जोगिएको बोर्डले जनाएको छ।
तर, केही स्वास्थ्य सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीबाट हुने दुरुपयोग, अनावश्यक परीक्षण, दबाबमा आधारित उपचार तथा अनुचित औषधि प्रेस्क्रिप्सनका कारण कार्यक्रम सञ्चालनमा चुनौती थपिएको बोर्डको ठहर छ। यस्ता गतिविधिले कार्यक्रमको दिगोपन र विश्वसनीयतामा असर पार्ने भन्दै बोर्डले सबै सरोकारवालालाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ।
‘कुष्ठ प्रभावितलाई स्वावलम्बी, आत्मनिर्भर र सक्षम बनाइनुपर्छ’
आइतबार, भदौ ७, २०८३
त्रिवि शिक्षण अस्पतालमा गर्भमै रहेको बच्चाको एनिमियाको सफल उपचार
आइतबार, भदौ ७, २०८३
अस्ट्रेलियामा स्तनधारी जीवमा एच-५ बर्ड फ्लुको पहिलो संक्रमण पुष्टि
आइतबार, भदौ ७, २०८३
सल्यानमा स्क्रबटाइफस संक्रमण बढ्दो, एक जनाको मृत्यु
आइतबार, भदौ ७, २०८३
