नेपाल हेल्थ न्युज, काठमाडौं । विश्वका ८० भन्दा बढी मुलुकमा क्यान्सर रोगीका लागि जीवनरक्षक औषधि र उपचार सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय संस्था द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांकमा नेपालबाट मेडिकल अंकोलोजिस्ट डा. अरुण शाही चयन हुनुभएको छ।
क्यान्सर उपचारमा समान पहुँच, प्रभावकारी नीति निर्माण तथा बिरामी केन्द्रित कार्यक्रम विकासमा विश्वस्तरमा योगदान पुर्याउँदै आउनुभएको विज्ञहरूको यो समूहमा नेपाली प्रतिनिधित्व हुनु महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
डा. शाहीको सहभागिताले विशेषगरी न्यून तथा मध्यम आय भएका देशहरूमा क्यान्सर उपचार प्रणाली सुधार गर्न रणनीति तयार पार्ने, अनुभव साटासाट गर्ने र नयाँ पहल अघि बढाउने काममा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हाल उहाँ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कन्सल्ट्यान्ट मेडिकल अंकोलोजिस्टका रूपमा कार्यरत हुनुुहुन्छ। नेपालमा क्यान्सर उपचार सेवाको विस्तार, जनचेतना अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्यमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका डा. शाहीले यो जिम्मेवारीलाई गौरवको विषय भएको बताउनुभएको छ।
उहाँका अनुसार, यस प्लेटफर्ममार्फत नेपालका अनुभवहरू अन्तर्राष्ट्रिय स्तरमा साझा गर्दै विश्वका प्रभावकारी अभ्यासहरू स्वदेशमा लागू गर्ने प्रयास हुनेछ।
द म्याक्स फाउण्डेसनले सन् २०२१ देखि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत क्यान्सर बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ। हाल फाउण्डेसनले पाटन अस्पतालसँगै भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमार्फत रक्त, फोक्सो, मिर्गौला, पेट, जिआइएस तथा स्तन क्यान्सरका बिरामीलाई १४ प्रकारका औषधि निःशुल्क प्रदान गर्दै आएको छ।
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ३९ प्रतिशत चिकित्सक मात्र पास
बिहीबार, माघ १५, २०८२
