नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डसँग सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थाहरूले आवश्यक सेवा हुँदाहुँदै पनि बिरामीलाई अनावश्यक रूपमा अन्यत्र प्रेषण (रेफर) गरेको पाइएकाले बोर्डले यस्तो अभ्यास नगर्न निर्देशन दिएको छ।
स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ तथा प्रेषण कार्यविधि २०८० अनुसार आफ्नै संस्थामा उपलब्ध सेवा प्रदान गर्नुपर्नेमा त्यसलाई बेवास्ता गर्दै अनावश्यक प्रेषण गरिएको बोर्डको भनाइ छ। बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई आफ्नै संस्थामा उपलब्ध सेवाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ।
यदि कुनै सेवा उपलब्ध गराउन नसकिने अवस्था भएमा स्वास्थ्य बीमा नियमावली २०७५ को अनुसूची–९ अनुसार प्रेषण पुर्जी भरी सेवा सुनिश्चित हुने नजिकको स्वास्थ्य संस्थामा मात्र प्रेषण गर्न बोर्डले निर्देशन दिएको छ।
बोर्डका अनुसार अनावश्यक प्रेषण गरेको पाइएमा दाबी मूल्याङ्कन तथा रुजुका क्रममा त्यस्तो रकम भुक्तानी नहुनेछ। साथै स्वास्थ्य बीमा नियमावली २०७५ को अनुसूची–८ को दफा ४ (ग) अनुसार सम्बन्धित स्वास्थ्य संस्थासँगको सम्झौता स्थगन वा रद्द समेत हुन सक्ने जनाइएको छ।
स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट तथा नीति योजना शाखा प्रमुख डा. पवन कुमार साहद्वारा जारी सूचनामा सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई नियमको पालना गर्न पुनः आग्रह गरिएको छ।
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
शिक्षण अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान
शुक्रबार, असार ५, २०८३
भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
शुक्रबार, असार ५, २०८३
वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
