नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले बजारमा बिक्रीमा रहेका दन्त मञ्जनको गुणस्तर जाँच र निगरानी गरेर आवश्यक कारबाही गर्न सरकारसँग आग्रह गरेको छ।
आज जारी गरिएको विज्ञप्तिमा एसोसिएसनले चार हप्ताभन्दा बढी प्रयोग गर्न नहुने औषधिजन्य मञ्जन समेत खुला बजारमा उपलब्ध हुनु र लामो समय प्रयोग गर्दा स्वास्थ्यमा जोखिम निम्तिन सक्ने बताए।
एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले २०७९ सालदेखि बजारमा पाइने मञ्जनको गुणस्तर र बनावटको जाँचका लागि मन्त्रालय र औषधि व्यवस्था विभागमा पटक–पटक आग्रह गरे पनि हालसम्म कुनै स्पष्ट मापदण्ड नबनेको बताए।
उनका अनुसार, दैनिक प्रयोग हुने मञ्जनको गुणस्तरबारे राज्य अनभिज्ञ रहेको र औषधिजन्य मञ्जनहरू दर्तावाल दन्त जनशक्तिको सिफारिसबिना समेत सुपरमार्केटमा बिक्री भइरहेकोले जनस्वास्थ्यमा जोखिम सिर्जना भइरहेको छ। देवकोटाले भने, ‘जनताको मुख स्वास्थ्य र समग्र स्वास्थ्यप्रति राज्यको ध्यान पर्याप्त देखिएको छैन।’
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
