नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) को चुनावी अभियानमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौला को निधन भएको छ।
ग्रान्डी अस्पतालका अनुसार सिटौलाको दिउँसो १२ः४५ बजे उपचारका क्रममा निधन भएको हो। ४५ वर्ष उमेरका सिटौला चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष तथा ‘फिल्म अनलाइन द सिनेमा टाइम्स’ का सञ्चालक हुन्।
चुनावी अभियानका क्रममा अछाम पुगेका बेला उनी अचानक बेहोस भएर ढलेका थिए। अछाम जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो।
सिटौलाको अन्तिम श्रद्धाञ्जली आज दिउँसो २ः३० देखि ३.०० बजेसम्म चलचित्र विकास बोर्डमा राखिने जनाइएको छ। 
प्रकाशित मिति: आइतबार, माघ १८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

