नेपाल हेल्थ न्युज, देउखुरी । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब क्यान्सरसम्बन्धी उपचार सेवा उपलब्ध हुने भएको छ। यसका लागि प्रतिष्ठान र भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबीच सहकार्य गर्ने सम्झौता भएको छ।
आज आयोजित कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्साल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार क्यान्सर उपचार सेवा विस्तार गर्नुका साथै आवश्यक चिकित्सक र स्वास्थ्यकर्मीको आदान–प्रदान गरिने जनाइएको छ।
उक्त सम्झौता प्रतिष्ठानका निमित्त डीन प्रा.डा. रमेश कँडेल र क्यान्सर अस्पतालका सहनिर्देशक डा. उमेश नेपालको उपस्थितिमा सम्पन्न भएको हो।
यसअघि साविक राप्ती अञ्चलसहित र पश्चिम नेपालका क्यान्सर बिरामीले चितवन, काठमाडौंलगायत ठूला सहरमा पुगेर महँगो खर्चमा उपचार गराउनुपर्ने बाध्यता थियो। अब यो सम्झौता कार्यान्वयनमा आएपछि स्थानीय स्तरमै क्यान्सर उपचार सम्भव हुने विश्वास गरिएको छ।
निमित्त उपकुलपति प्रा. लम्सालले सम्झौताबाट पश्चिम नेपालका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने र स्वास्थ्य सेवा विस्तारमा थप टेवा पुग्ने बताए। स्थानीय क्षेत्रमा उपचार सेवा उपलब्ध हुँदा बिरामीको समय र खर्च दुवै बचत हुने उनले उल्लेख गरे।
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
बागलुङमा १४ सयभन्दा बढीमा डेङ्गु, २८२ मा स्क्रब टाइफस पुष्टि
बुधबार, भदौ ३१, २०८३
