नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक सुधार गर्नुपर्ने सांसद रेणु चन्दले माग गर्नुभएको छ।
सङ्घीय संसद् राष्ट्रिय सभाको बैठकमा उहाँले नागरिकको पहुँचमा पुगेको स्वास्थ्य बिमा कार्यक्रम व्यवस्थापन कमजोर हुँदा समस्यामा परेको बताउनुभयो।
विभिन्न अस्पतालमा समयमै भुक्तानी नहुँदा बिमा सेवा बन्द हुने अवस्था आएको र यसबाट बिमा मार्फत उपचार गराइरहेका बिरामीहरू प्रत्यक्ष रूपमा प्रभावित भएको उहाँको भनाइ छ।
राज्यप्रति नागरिकको भरोसा कायम राख्न तत्काल सुधार गरी अस्पताललाई बिमा रकम भुक्तानी सुचारु गर्न उहाँले सरकारसँग आग्रह गर्नुभयो।
प्रकाशित मिति: सोमबार, माघ १९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
