नेभिगेशन
७० प्रतिशत मृत्यु अझै कम विकसित क्षेत्रमै

विश्व क्यान्सर दिवस २०२६ः फरक पहिचान, साझा लडाइँ

क्यान्सरको बढ्दो बोझ, घटाउनुपर्ने असमानता

add final

आज विश्व क्यान्सर दिवस २०२६। हरेक वर्ष फेब्रुअवर ४ मा यो दिवस मनाउने गरिएको छ । विश्व क्यान्सर दिवस २०२५–२०२७ को अभियान युनाइटेड बाई युनिक (फरक पहिचानले जोडिएको एकता) ले मानिसलाई उपचारको केन्द्रमा राख्दछ र व्यक्तिगत कथालाई संवादको मुटुमा राख्दछ ।


क्यान्सर केवल चिकित्सकीय निदान मात्र होइन — यो व्यक्तिगत र मानवीय अनुभव हो । प्रत्येक निदान पछाडि अनौठो मानवीय कथा लुकेको हुन्छ— दुःख, पीडा, उपचार, धैर्य, प्रेम र अन्य धेरै भावना । त्यसैले व्यक्तित्व–केन्द्रित हेरचाह, जसले प्रत्येक व्यक्ति विशेषका आवश्यकताहरू दयालु र संवेदनशील तरिकाले समेट्छ, स्वास्थ्य परिणाम सुधार्न महत्वपूर्ण भूमिका खेल्दछ ।


अभियानले मानिस–केन्द्रित क्यान्सर हेरचाहका विभिन्न आयाम र फरक पार्ने नयाँ उपाय अन्वेषण गर्नेछ । यसले तीन वर्षको यात्रा सचेतना बढाउनेदेखि सक्रिय कदम चाल्ने सम्म प्रस्ताव गर्दछ । प्रत्येक क्यान्सर अनुभव फरक हुन्छ र रोग भन्दा अघि व्यक्तित्वलाई पहिलो प्राथमिकता दिने विश्व सिर्जना गर्न हामी सबैको एकजुट प्रयास आवश्यक छ ।


प्रगति
आज हामी क्यान्सरबारे पहिले भन्दा धेरै जान्दछौँ । अनुसन्धान र नवप्रवर्तनमा लगानीले औषधि, निदान र वैज्ञानिक ज्ञानमा अद्वितीय प्रगति ल्याएको छ । थाहा पाउने, जोखिम घटाउने, रोकथाम बढाउने र क्यान्सरको निदान, उपचार र हेरचाह सुधार्ने मौका पनि त्यति नै बढी हुन्छ ।


प्रभाव 
पछिल्ला वर्षहरूमा संयुक्त राष्ट्र, विश्व स्वास्थ्य संगठन र अन्य युनाइटेड नेसन जस्ता निकायहरूले विश्वव्यापी प्रतिबद्धताको आवश्यकतामा जोड दिएका छन् । देशका राजनीतिज्ञहरुले आवाज उठाउँदा र कदम चाल्दा, हामीले इतिहास बनाउन र क्यान्सर मुक्त विश्वतर्फ बढ्न मौका पाउँछौँ ।


समानता 
आज विश्वका क्यान्सर मृत्युमध्ये ७०% मृत्यु कम विकसित क्षेत्रहरूमा देखिन्छ । उच्च आय भएका देशमा बसे पनि कम आय भएका, आदिवासी, आप्रवासी, शरणार्थी र ग्रामीण समुदायमा असमानता अझै छ । क्यान्सर रोकथाम, निदान, उपचार र हेरचाहमा समान पहुँचले जीवन बचाउन सक्नेछ ।

परिवर्तन 
सार्वजनिक र राजनीतिक चेतना बढाएर हामीले डर घटाउँछौँ, बुझाइ बढाउँछौँ, भ्रम र गलत धारणालाई हटाउँछौँ, व्यवहार, दृष्टिकोण र क्रियाकलापमा परिवर्तन ल्याउँछौँ ।

ग्लोबोक्यानका पछिल्ला विस्तृत विश्वव्यापी क्यान्सर तथ्यांक ग्लोबोक्यान २०२२ का अनुमानमा आधारित छन्, जुन सन् २०२४ को सुरुवात्मा प्रकाशित भएका हुन् । यी तथ्यांकले विश्वभर क्यान्सरको बोझ बढ्दो क्रममा रहेको देखाउँछन् । हाल सबैभन्दा धेरै देखिने क्यान्सरहरूमा स्तन क्यान्सर, फोक्सो क्यान्सर र कोलोरेक्टल (ठूलो आन्द्रा) क्यान्सर रहेका छन् ।


तर २०२४ का मात्र छुट्टै विस्तृत तथ्यांक भने अझै सार्वजनिक भएका छैनन् । त्यसको सट्टा पछिल्ला प्रतिवेदनहरूमा २०२२ सम्मका प्रवृत्ति र भविष्यका अनुमानहरूमा केन्द्रित जानकारी प्रस्तुत गरिएको छ । यी प्रतिवेदनहरूले क्यान्सरको जोखिम बढ्दै गएको, देश र क्षेत्रअनुसारको असमानता तथा रोकथाम गर्न सकिने क्यान्सरहरूप्रति विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष