नेपाल हेल्थ न्युज, काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पतालको इमरजेन्सी विभागबाट प्रदान गरिने स्वास्थ्य सेवालाई थप छिटो, छरितो र सर्वसुलभ बनाउने उद्देश्यले ५० जना स्टाफ नर्स करार सेवामा भर्ना गरिने भएको छ।
प्रतिष्ठानको मिति २०८२/०४/२६ गते बसेको ३३ औँ सभा बैठकको निर्णयअनुसार वीर अस्पतालको आन्तरिक स्रोतबाट आर्थिक दायित्व व्यहोर्ने गरी योग्यता पुगेका (पाँचौँ तह) का ५० जना नर्सिङ जनशक्ति करार सेवामा पदपूर्ति गर्न लागिएको हो।
यससम्बन्धी निर्णय उपकुलपतिस्तरबाट मिति २०८२/१०/१४ र २०८२/१०/१९ गते स्वीकृत भइसकेको छ। लोक सेवा आयोग वा अन्य प्रक्रियाबाट स्थायी पदपूर्ति भई आएमा वा अस्पताललाई उक्त जनशक्ति आवश्यक नपरेमा करार सेवा स्वतः अन्त्य हुने व्यवस्था गरिएको छ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले लिखित परीक्षा मार्फत करार सेवामा पदपूर्तिका लागि दरखास्त दिन सक्नेछन्। सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र, अर्थात् मिति २०८२/११/१० गते कार्यालय समयभित्र रीतपूर्वक भरिएको दरखास्त फाराम पेश गर्नुपर्नेछ।
पदपूर्ति समितिको मिति २०८२/१०/१९ गतेको निर्णयअनुसार सम्बन्धित सबैको जानकारीका लागि उक्त सूचना प्रकाशित गरिएको प्रतिष्ठानले जनाएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
