नेपाल हेल्थ न्युज, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित प्रादेशिक अस्पतालमा भएको राजस्व अनियमितता प्रकरणमा तत्कालीन दुई जना मेडिकल सुपरिटेन्डेन्टसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार अस्पतालको टिकट तथा सेवा शुल्क काउन्टरबाट उठेको रकम बैंकमा दाखिला नगरी दुरुपयोग गरिएको पाइएपछि तत्कालीन कार्यालय प्रमुख डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवलाई मुख्य प्रतिवादी बनाइएको हो।
यस मुद्दामा तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह, लेखा प्रमुख अशोक कुमार यादव तथा बिल काउन्टरमा कार्यरत कर्मचारीहरू श्याम कुमार मण्डल, रोशन कुमार यादव, सरस्वती कुमारी यादव, अजय कुमार मण्डल र पूजा कुमारी यादव पनि प्रतिवादी छन्।
अख्तियारको अनुसन्धान अनुसार आर्थिक वर्ष २०८०र८१ मा अस्पतालका ८ वटा बिल काउन्टरबाट संकलन भएको सेवा शुल्कको रकम बैंकमा पूरा दाखिला गरिएको थिएन। सफ्टवेयरमा देखिएको आम्दानी र बैंक भौचरको तुलना गर्दा ३८ लाख ७७ हजार ७ सय २४ रुपैयाँ ८३ पैसाको फरक भेटिएको आयोगले जनाएको छ।
आयोगले सरकारी रकम बदनियतपूर्वक हिनामिना गरिएको र कार्यालय प्रमुखहरूले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरी अनियमिततामा सहयोग पुर्याएको निष्कर्ष निकालेको छ। कर्मचारीहरूले आपसी मिलेमतोमा सफ्टवेयरको वास्तविक विवरण लुकाई कम रकम मात्र बैंकमा जम्मा गरेको आरोपपत्रमा उल्लेख छ।
निजी स्वार्थको प्रभाव हटाउन डा. गोविन्द केसीको तीनबुँदे माग
शुक्रबार, साउन १, २०८३
चितवनका अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन १, २०८३
स्वास्थ्य मन्त्रालयको नयाँ संरचना प्रस्ताव, १ हजार ८ सय ६ कर्मचारीको दरबन्दी
शुक्रबार, साउन १, २०८३
एभरेस्ट अस्पताल र डा. ज्योत्सनालाई ३९ लाख क्षतिपूर्ति तिर्न उपभोक्ता अदालतको फैसला
शुक्रबार, साउन १, २०८३
