नेपाल हेल्थ न्युज, भक्तपुर । विश्व क्यान्सर दिवसको अवसरमा भक्तपुर क्यान्सर अस्पतालले ललितपुरको मंगलबजार क्षेत्रमा जनचेतना र्याली तथा निःशुल्क क्यान्सर परीक्षण कार्यक्रम आयोजना गरेको छ । पुल्चोकदेखि मंगलबजारसम्म जनचेतना र्याली सञ्चालन गरिएको थियो । सो कार्यक्रममा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
हरेक वर्ष फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवस यस वर्ष “युनाइटेड बाइ युनिक” (पृथकतामा एकता) भन्ने नारासहित मनाइँदै छ ।
कार्यक्रम उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले क्यान्सर उपचार क्षेत्रमा हालको लगानी अपर्याप्त रहेको उल्लेख गर्दै क्यान्सर कोषलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
भक्तपुर क्यान्सर हस्पिटलका कार्यकारी निर्देशक एवं वरिष्ठ क्यान्सर विशेषज्ञ डा. उज्जवल चालिसेले क्यान्सरलाई गम्भीर सार्वजनिक स्वास्थ्य समस्या भएको उल्लेख गर्दै समयमै परीक्षण र उपचारका लागि जनचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो ।
ललितपुर महानगरपालिका वडा नं. ९ का अध्यक्ष तथा प्रवक्ता राजु महर्जनले महानगरपालिकाले हालसम्म ७ हजार ९१५ जनाको क्यान्सर परीक्षण गर्दा ५८४ जनामा क्यान्सर पोजेटिभ देखिएको जानकारी दिनुभयो । निःशुल्क परीक्षणमा पहिचान भएका बिरामीहरूको उपचार भक्तपुर क्यान्सर अस्पतालमा गरिएको उहाँले बताउनुभयो । साथै, खानपानसँग जोडिएको क्यान्सर जोखिम न्यूनीकरण गर्न भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको जानकारीसमेत गराउनुभएको छ ।
कार्यक्रममा सम्बन्धित डाक्टरहरुले क्यान्सरका कारण, उपचार र रोकथामका उपायबारे जानकारी दिनुभएको थियो । सहभागीहरूका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा उपलब्ध गराइएको थियो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

