नेपाल हेल्थ न्युज, हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकामा कार्यरत तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७६ का विभिन्न मितिमा स्वास्थ्य शाखाका लागि औषधि तथा उपकरण खरिद गर्ने क्रममा एक लाख ९१ हजार ८५० रुपैयाँ अनियमितता भएको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
अख्तियारका अनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकाल, स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङ्कु, सहलेखापाल विर्षसिंह सुनार र आर्यन फार्माका सञ्चालक कृष्णकुमार भुजुवाले आपसी मिलेमतोमा भ्रष्टाचार गरेका हुन्।
अनुसन्धानका क्रममा खरिद नै नगरिएका औषधि तथा उपकरणहरू खरिद गरिएको देखाई कार्यालयमा दाखिला गरिएको, एउटै सामानका लागि फरक–फरक मितिमा माग फाराम र खरिद आदेश तयार गरिएको तथा विभिन्न फार्माबाट खरिद गरेको जस्तो देखिने बिल बनाइएको पाइएको अख्तियारले जनाएको छ।


विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
