नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा युवा चिकित्सक डा. पुजश कर्माचार्यको असामयिक निधनप्रति नेपाल चिकित्सक संघले गहिरो दुःख व्यक्त गरेको छ।
संघले जारी गरेको विज्ञप्तिमा इमान्दार, लगनशील र सेवाभावी चिकित्सकको अकल्पनीय निधनले सम्पूर्ण चिकित्सक समुदाय स्तब्ध र मर्माहत भएको उल्लेख गरिएको छ।
संघका अनुसार डा. कर्माचार्यको निधन नेपाली स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति हो।
यस दुःखद घडीमा नेपाल चिकित्सक संघ परिवारले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
संघका महासचिव डा. सन्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा दिवंगत डा. कर्माचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।
प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशक पदबाट साइमाले दिइन् राजीनामा
बिहीबार, भदौ २५, २०८३
अस्पतालबाहिर सुत्केरी घटना छानबिन गर्न मन्त्रालय र काउन्सिलको टोली राजविराज जाँदै
बिहीबार, भदौ २५, २०८३
संघीय अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह बनाइने
बिहीबार, भदौ २५, २०८३
नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग
बिहीबार, भदौ २५, २०८३
