नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा युवा चिकित्सक डा. पुजश कर्माचार्यको असामयिक निधनप्रति नेपाल चिकित्सक संघले गहिरो दुःख व्यक्त गरेको छ।
संघले जारी गरेको विज्ञप्तिमा इमान्दार, लगनशील र सेवाभावी चिकित्सकको अकल्पनीय निधनले सम्पूर्ण चिकित्सक समुदाय स्तब्ध र मर्माहत भएको उल्लेख गरिएको छ।
संघका अनुसार डा. कर्माचार्यको निधन नेपाली स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति हो।
यस दुःखद घडीमा नेपाल चिकित्सक संघ परिवारले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
संघका महासचिव डा. सन्जिव तिवारीद्वारा जारी विज्ञप्तिमा दिवंगत डा. कर्माचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।
प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
