नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतमले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा उत्पन्न आर्थिक समस्या समाधानका लागि तत्काल बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गर्नुभएको छ।
प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको बैठकमा मन्त्री गौतमले स्वास्थ्य बीमा प्रणालीमा आवद्ध अस्पतालहरू वित्तीय कठिनाइका कारण बन्द हुन सक्ने चेतावनी दिनुयो।
उहाँले भन्नुभयो कि समस्या समाधानका लागि छलफल मात्र पर्याप्त नहुने भएकाले स्रोत व्यवस्थापनमा तत्काल कदम चालिनु आवश्यक छ।
मन्त्री गौतमले प्रश्न उठाउँनुभयो, ‘२४ अर्ब रुपैयाँको दायित्व बोकेको स्वास्थ्य बीमा कार्यक्रम शून्य बजेटमा कसरी चल्छ ? आवश्यक रकम जुटाउनु नै पर्छ, वा स्पष्ट रूपमा बीमा सेवा बन्द गर्न निर्देशन दिनुपर्छ ?’
उहाँले यसअघि साउनमा प्रस्तुत बजेट वक्तव्य अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अत्यन्त विपन्न तथा अल्पसंख्यक समुदायका लागि स्वास्थ्य बीमा सेवा निरन्तरता दिने सरकारको नीतिलाई कार्यान्वयन गरिरहेको पनि स्पष्ट पार्नुभयो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
