नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा काम गर्दै आएका दुई जना डाक्टरलाई एघारौँ तहमा बढुवा गरिएको छ। बढुवा हुनेमा डा. गुणनिधि शर्मा र डा. सूर्यप्रसाद सापकोटा हुनुहुन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिको आइतबार बसेको बैठकले स्वास्थ्य सेवामा कार्यरत ती दुवै चिकित्सकलाई एघारौँ तहमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो।
डा. गुणनिधि शर्मा नेपाल स्वास्थ्य सेवा अन्तर्गत जनस्वास्थ्य प्रशासनतर्फ कार्यरत हुनुहुन्छ। उहाँलाई प्रमुख जनस्वास्थ्य प्रशासक पदमा एघारौँ तहका लागि सिफारिस गरिएको छ।
यस्तै रेडियोलोजी सेवामा कार्यरत डा. सूर्यप्रसाद सापकोटालाई रेडियोडायग्नोसिस उपसमूह अन्तर्गत प्रमुख कन्सल्टेन्ट पदमा एघारौँ तहमा बढुवा गर्न सिफारिस गरिएको छ।
समितिका अनुसार यो बढुवा कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको हो।

विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
