नेपाल हेल्थ न्युज, सुदूरपश्चिम । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले सुदूरपश्चिम प्रदेश भ्रमणका क्रममा मिति २०८२ माघ २५ गते डडेल्धुरा अस्पतालको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
निरीक्षणका क्रममा मन्त्री शर्माले अस्पतालको भौतिक संरचना, उपलब्ध जनशक्ति र सेवा प्रवाहको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुका साथै उपचाररत बिरामीहरूसँग समेत संवाद गर्नुभएको थियो।
अवसरमा अस्पताल प्रशासनले संस्थाको हालको अवस्था, बढ्दो बिरामीको चाप र सेवा सञ्चालनका क्रममा देखिएका प्रशासनिक तथा प्राविधिक समस्याबारे मन्त्रीसमक्ष जानकारी गराएको थियो।
अस्पतालका निर्देशक डा. सुधा देवकोटाको नेतृत्वमा भएको छलफलमा अस्पताललाई स्तरोन्नति गरी ३०० शय्याको शिक्षण अस्पतालका रूपमा विकास गर्नुपर्ने, स्वीकृत दरबन्दीअनुसार स्वास्थ्यकर्मीको शीघ्र पदपूर्ति गर्नुपर्ने तथा कर्मचारीलाई काजमा नपठाई अस्पतालमै निरन्तर कार्यरत रहने व्यवस्था मिलाउनुपर्ने माग प्रस्तुत गरिएको थियो।
छलफलपछि मन्त्री शर्माले सुदूरपश्चिम क्षेत्रको स्वास्थ्य सेवालाई प्रभावकारी, भरपर्दो र जनमुखी बनाउन मन्त्रालयले आवश्यक बजेट व्यवस्थापन तथा नीतिगत समन्वयमार्फत पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उहाँले डडेल्धुरा अस्पतालको स्तरोन्नति र शिक्षण अस्पतालका रूपमा विकास गर्ने प्रक्रियामा मन्त्रालयले अग्रणी भूमिका निर्वाह गर्ने स्पष्ट पार्दै सर्वसाधारण नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न अस्पताल प्रशासनलाई आवश्यक निर्देशन दिनुभएको थियो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
