नेभिगेशन

काठमाडौंको हावा अस्वस्थ तहमा, वायु प्रदूषण बढ्दो

नेपाल हेल्थ न्युज, काठमाडौं । राजधानी काठमाडौंको वायु गुणस्तर पछिल्ला दिनहरूमा लगातार बिग्रँदै गएको छ। आज बिहान मापन गर्दा यहाँको हावामा प्रदूषणको मात्रा स्वास्थ्यका लागि हानिकारक तहमा पुगेको देखिएको छ।

रियल–टाइम वायु गुणस्तर मापन गर्ने स्विट्जरल्याण्डस्थित आईक्यू एयरको तथ्यांकअनुसार आज बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७१ रेकर्ड गरिएको छ। एक्यूआई १५० भन्दा माथि पुग्दा हावा अस्वस्थ मानिने गर्दछ।

नेपाल सरकारले निर्धारण गरेको वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ० देखि ५० सम्म राम्रो, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० सम्म संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ, र २०१ देखि ३०० सम्म निकै अस्वस्थ श्रेणीमा पर्दछ। ३०१ भन्दा माथि पुगेमा वायु गुणस्तर खतरनाक तहमा पुगेको संकेत मानिन्छ।

आज काठमाडौं विश्वकै सबैभन्दा बढी प्रदूषित शहरहरूको सूचीमा १०औँ स्थानमा परेको छ। सूचीको पहिलो स्थानमा भारतको राजधानी दिल्ली रहेको छ, जहाँ वायु प्रदूषणको स्तर ३०० भन्दा माथि पुगेर खतरनाक अवस्थामा छ। दोस्रो स्थानमा रहेको बंगलादेशको ढाकामा एक्यूआई २८८ मापन गरिएको छ, जुन निकै अस्वस्थ श्रेणीमा पर्दछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट