नेभिगेशन

आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि तत्काल बजारबाट फिर्ता गर्न निर्देशन

नेपाल हेल्थ न्युज, काठमाडौं । औषधि व्यवस्था विभागले बारास्थित आर्या फार्माल्याब प्रालिले उत्पादन गरेको सुप्रामोक्स सिभी बीड नामक औषधि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ।

विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा एफएसबीडी १२०१६ ब्याच नम्बरको औषधि तोकिएको मापदण्डअनुसारको गुणस्तर नपुगेको पाइएको हो।

परीक्षणमा उक्त औषधि आईपी २०२२ अनुसार (एस्से) मापदण्डमा असफल भएको जनाइएको छ।

औषधि ऐन २०३५ को दफा १४ अनुसार सो ब्याचको औषधिको बिक्री, वितरण तथा प्रयोगमा रोक लगाइएको विभागले जनाएको छ। साथै बजारमा पुगेको औषधि तुरुन्त संकलन गरी फिर्ता गर्न सम्बन्धित उद्योग र वितरकलाई निर्देशन दिइएको छ।

विभागले चिकित्सक, औषधि व्यवसायी तथा सर्वसाधारणलाई सो ब्याच नम्बरको औषधि सिफारिस नगर्न, बिक्री नगर्न र प्रयोग नगर्न समेत आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट