नेपाल हेल्थ न्युज, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज (माघ २८ गते) दाङको राप्ती गाउँपालिका–स्थित सिसहनिया अस्पतालमा निःशुल्क सिकलसेल तथा थालेसेमिया परीक्षण शिविर सञ्चालन गर्ने भएको छ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा. डा. जनार्दन पन्थीका अनुसार बिहान ९ बजेदेखि सुरु हुने शिविरमा रगत परीक्षणसँगै आवश्यक परामर्श सेवा पनि प्रदान गरिनेछ। विशेष गरी सिकलसेल रोगको जोखिममा रहेका थारू समुदाय तथा शङ्कास्पद व्यक्तिहरूलाई परीक्षण गराउन आग्रह गरिएको छ।
थारू समुदायमा सिकलसेल रोगको सम्भावना तुलनात्मक रूपमा बढी देखिने भएकाले थारू बाहुल्य क्षेत्रमा शिविर आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।
यस कार्यक्रमलाई सफल बनाउन जिल्ला स्वास्थ्य कार्यालय दाङ, लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा सिसहनिया अस्पतालले समन्वय गरेका छन्। परीक्षणका लागि विशेषज्ञ चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ भने आवश्यक उपकरण तथा व्यवस्थापन तयारी पूरा गरिएको जनाइएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
