नेपाल हेल्थ न्युज, दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज (माघ २८ गते) दाङको राप्ती गाउँपालिका–स्थित सिसहनिया अस्पतालमा निःशुल्क सिकलसेल तथा थालेसेमिया परीक्षण शिविर सञ्चालन गर्ने भएको छ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा. डा. जनार्दन पन्थीका अनुसार बिहान ९ बजेदेखि सुरु हुने शिविरमा रगत परीक्षणसँगै आवश्यक परामर्श सेवा पनि प्रदान गरिनेछ। विशेष गरी सिकलसेल रोगको जोखिममा रहेका थारू समुदाय तथा शङ्कास्पद व्यक्तिहरूलाई परीक्षण गराउन आग्रह गरिएको छ।
थारू समुदायमा सिकलसेल रोगको सम्भावना तुलनात्मक रूपमा बढी देखिने भएकाले थारू बाहुल्य क्षेत्रमा शिविर आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।
यस कार्यक्रमलाई सफल बनाउन जिल्ला स्वास्थ्य कार्यालय दाङ, लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा सिसहनिया अस्पतालले समन्वय गरेका छन्। परीक्षणका लागि विशेषज्ञ चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ भने आवश्यक उपकरण तथा व्यवस्थापन तयारी पूरा गरिएको जनाइएको छ।
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
