नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्माले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ।
अवलोकनका क्रममा मन्त्री शर्माले प्रतिष्ठानमा सञ्चालन भइरहेका चिकित्सा शिक्षासम्बन्धी शैक्षिक कार्यक्रम, उपलब्ध भौतिक पूर्वाधार, कार्यरत जनशक्ति तथा सेवा प्रवाहको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनुभएको थियो।
प्रतिष्ठानका पदाधिकारीहरूले संस्थाको वर्तमान प्रगति, आवश्यकता र सामना गर्नुपरेका चुनौतीहरूबारे मन्त्रीसमक्ष प्रस्तुति दिएका थिए।
निरीक्षणपछि मन्त्री शर्माले प्रतिष्ठानको भौतिक संरचना विस्तार, सेवा सुदृढीकरण र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न मन्त्रालयले आवश्यक बजेट व्यवस्था र नीतिगत सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
यसै क्रममा मन्त्री शर्माले जुम्लाको सिँजा गाउँपालिकास्थित नराकोट स्वास्थ्य चौकी तथा मुगु जिल्ला अस्पतालको पनि अनुगमन गर्नुभएको छ। उहाँले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न सरोकारवाला निकायबीच समन्वयलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
