नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले विशेष दर्ता परीक्षा सञ्चालनका लागि आवेदन आह्वान गरेको छ। निर्धारित परीक्षा चैत १९ र २० गते हुने जनाइएको छ।
परीक्षामा सहभागी हुन इच्छुक चिकित्सकहरूले फागुन १ देखि २८ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। तोकिएको समयभित्र आवेदन नदिनेलाई फागुन २९ र ३० गते विलम्ब शुल्कसहित फारम भर्ने अवसर प्रदान गरिनेछ।
परीक्षा ललितपुरस्थित इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा आयोजना हुनेछ। काउन्सिलका अनुसार आवेदन प्रक्रिया पूर्ण रूपमा अनलाइन हुनेछ र अन्य माध्यमबाट बुझाइने फारम तथा शुल्क स्वीकार गरिने छैन। अनलाइन प्रणाली २४ घण्टा खुला रहने व्यवस्था गरिएको छ।
विदेशी शिक्षण संस्थाबाट अध्ययन पूरा गरेका उम्मेदवारहरूले प्राप्त शैक्षिक योग्यताको आधिकारिक समकक्षता प्रमाणपत्र अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।
साथै, अध्ययनका लागि विदेश प्रस्थान गरेको मितिदेखि नेपाल फर्किएको मितिसम्मको (भारत बाहेक) आगमन–प्रस्थान विवरण अध्यागमन विभागबाट जारी आधिकारिक कागजातसहित पेश गर्नुपर्ने व्यवस्था गरिएको काउन्सिलले जनाएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
