नेपाल हेल्थ न्युज, जुम्ला । जुम्लाबाट बाहिरका सहरसम्म एम्बुलेन्स भाडा निर्धारण गरिएपछि स्थानीयस्तरमा असन्तुष्टि बढेको छ। जिल्ला एम्बुलेन्स समितिले हालै नयाँ भाडादर सार्वजनिक गरेपछि विशेषगरी नेपालगञ्ज र सुर्खेतसम्मको शुल्कलाई लिएर विरोध देखिएको हो।
जुम्ला मा बसेको समितिको बैठकले जिल्लाभित्र र बाहिर सञ्चालन हुने एम्बुलेन्स सेवाका लागि दररेट तोकेको जनाएको छ। समितिका अनुसार स्थानीय तहभित्र सञ्चालन हुने एम्बुलेन्सका लागि नगरक्षेत्रमा ६ सय रुपैयाँ, कच्ची सडकमा प्रतिकिलोमिटर १०० रुपैयाँ र पक्की सडकमा ९० रुपैयाँ ९दुवैतर्फ० शुल्क निर्धारण गरिएको छ।
त्यस्तै, जुम्लाबाट सुर्खेत सम्मको भाडा २० हजार रुपैयाँ र नेपालगञ्ज सम्मको भाडा २५ हजार रुपैयाँ तोकिएको बताइएको छ। समितिको दाबी अनुसार दूरी, इन्धन खर्च, सवारी मर्मत तथा चालक पारिश्रमिकलाई आधार मानेर दर तय गरिएको हो।
तर स्थानीय बासिन्दाले भने बाहिरी जिल्लासम्मको शुल्क अत्यधिक भएको टिप्पणी गरेका छन्। उनीहरूको भनाइमा आपत्कालीन स्वास्थ्य सेवा नै महँगो हुँदा आर्थिक रूपमा कमजोर वर्गका बिरामी मारमा पर्ने जोखिम बढ्छ।
जिल्ला एम्बुलेन्स समितिका पदाधिकारीहरूले आवश्यक परे आगामी बैठकबाट दररेट पुनरावलोकन गर्न सकिने संकेत दिएका छन्। यसैबीच केही स्थानीय तहहरूले समितिले तोकेको नयाँ भाडादर कार्यान्वयन गर्ने जानकारी सार्वजनिक गरिसकेका छन्।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
