नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालका दुई वरिष्ठ डर्माटोलोजिस्ट डा. लैला लामा र प्रा.डा. अनुपमा कार्कीले १५ माघदेखि लागू हुने गरी एकै दिन राजीनामा दिएका छन्। वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले जानकारी दिएका छन्।
डा. अनुपमा कार्की न्याम्सको कार्यकारी परिषद् सदस्य र डर्माटोलोजी विभाग प्रमुखका रूपमा कार्यरत थिइन्। उनी डर्माटोलोजी एमडी कार्यक्रमकी संयोजक, डेपुटी निर्देशक, र विभाग प्रमुख पनि रहिसकेकी थिइन्।
२५ वर्षअघि इन्टर्नका रूपमा वीर अस्पताल प्रवेश गरेकी उनले न्याम्सबाटै डर्माटोलोजीमा एमडी पूरा गरेपछि विभागको नेतृत्व सम्हालेकी थिइन्।
डा. लैला लामाले पनि २२ वर्षदेखि वीर अस्पतालमा कार्यरत रहँदै एसोसिएट प्रोफेसरको पदबाट राजीनामा दिएकी छिन्। उनी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजबाट एमबीबीएस र न्याम्सबाट डर्माटोलोजीमा एमडी गरेकी हुन्।
वीर अस्पतालका निर्देशक डा. शर्माका अनुसार, दुवै चिकित्सकले पारिवारिक कारणले राजीनामा दिनु परेको उल्लेख गरेका छन्। उनका अनुसार दुई दशकभन्दा बढी अनुभव भएका यी चिकित्सकको बहिर्गमनले अस्पतालको डर्माटोलोजी सेवामा असर पर्ने देखिन्छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
