नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत नयाँ डिजिटल सूचना सेवा सुरु गरेको छ। अबदेखि बिमितको खाताबाट दैनिक रूपमा कट्टा गरिएको दाबी रकमसम्बन्धी विवरण ‘एचआईभी एलर्ट’ प्रणालीमार्फत सम्बन्धित बिमितको मोबाइलमा एसएमएसबाट पठाइनेछ।
यसअघि उपचारका क्रममा अस्पतालले बिल उपलब्ध गराए पनि बिमितले आफ्नो खाताबाट कति रकम खर्च भयो र कति बाँकी छ भन्ने जानकारी सहज रूपमा पाउन कठिनाइ हुँदै आएको थियो। यस विषयमा बिमितहरूले रकम भुक्तानीसँगै मोबाइलमार्फत सूचना पाउने व्यवस्था गर्न माग गर्दै आएका थिए।
बोर्डका अनुसार नयाँ प्रणालीले बिमितलाई खर्च र बाँकी मौज्दातबारे दैनिक जानकारी दिने भएकाले पारदर्शिता बढ्नुका साथै सेवाप्रतिको विश्वास पनि सुदृढ हुनेछ।
यो सुविधा उपयोग गर्न बिमितको मोबाइल नम्बर अद्यावधिक हुनु अनिवार्य छ। हालसम्म नम्बर अद्यावधिक नगरेका सेवाग्राहीलाई आफू बिमा दर्ता गरेको जिल्लास्थित बोर्डको कार्यालयमा सम्पर्क गरी विवरण सच्याउन अनुरोध गरिएको छ।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
