नेपाल हेल्थ न्युज, दाङ । एनएमबि बैंकको घोराही शाखाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच थान एयर कन्डिसनर (एसी) सहयोग गरेको छ।
बैंकका शाखा प्रबन्धक कृष्णप्रसाद भट्टराई र ऋण अधिकृत प्रविण डाँगीले प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीलाई एसी हस्तान्तरण गरेका हुन्।
प्रतिष्ठानका अनुसार ती एसी आइसियु र एनआईसियु कक्षमा उपचाररत बिरामीलाई उपयुक्त तापक्रममा राख्न प्रयोग गरिनेछ। साथै, तापक्रम नियन्त्रण आवश्यक पर्ने विभिन्न चिकित्सा उपकरण र मेसिन सुरक्षित रूपमा सञ्चालन गर्न पनि यसले सहयोग पुग्ने बताइएको छ।
प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्सालले अस्पतालका महत्वपूर्ण उपकरणको संरक्षण र सेवाको गुणस्तर अभिवृद्धिमा एसी उपयोगी हुने विश्वास व्यक्त गर्दै सहयोगका लागि बैंक परिवारप्रति आभार प्रकट गर्नुभयो। आगामी दिनमा पनि यस्तै सहकार्य जारी रहने अपेक्षा उहाँले व्यक्त गर्नुभयो।
बैंकका शाखा प्रबन्धक भट्टराईले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले सहयोग गरिएको जानकारी दिनुभयो।
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
