नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल चिकित्सक संघको हालै सम्पन्न परिषद बैठकमा वर्तमान कार्यकारिणी समितिको कार्यकाल थप गर्ने प्रस्तावलाई लिएर केही सदस्यहरूले गम्भीर असहमति जनाएका छन्।
फरक मत दर्ता गर्ने परिषद् सदस्यहरूमा डा. छवि पन्थी, डा. अमित उप्रेती, डा. दीपेन्द्र पाण्डे, डा. अपिल उप्रेती र डा. सन्जितकुमार साह रहेका छन्।
उनीहरूले बताएका छन् कि संघको विधान २०४७ अनुसार कार्यसमितिको म्याद थप्ने अधिकार परिषदलाई छैन। विधानको धारा १७ (झ) मा स्पष्ट उल्लेख छ कि यदि निर्वाचन हुन सकेन र कार्यकाल सकियो भने संघ सञ्चालन गर्ने जिम्मेवारी परिषदमै रहनेछ।
साथै, वर्तमान कार्यसमितिको तीन वर्षे कार्यकाल फागुन २० गते सकिँदैछ र त्यसपछि समिति स्वतः पदमुक्त हुनेछ। फरक मत दर्ता गर्ने सदस्यहरूले परिषदका अन्य सदस्यहरूमध्येबाट नयाँ परिषद् कार्यसमिति गठन गरी दैनिक कार्य सञ्चालन र निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने आफ्नो माग राखेका छन्।
यदि यो फरक मतलाई बैठकको माइन्युटमा समावेश नगरी निर्णय अगाडि बढाइयो भने, उनीहरूले विधान अनुसार नयाँ परिषद् कार्यसमिति गठन र निर्वाचन प्रक्रिया सुनिश्चित गर्न बाध्य हुने चेतावनी दिएका छन्। संघको आगामी निर्णय यस विषयमा कसरी अघि बढ्छ भन्ने कुरा अहिले सबैको ध्यानाकर्षणको केन्द्रमा छ।

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
