नेपाल हेल्थ न्युज, खोटाङ । खोटाङ जिल्ला अस्पतालमा पहिलोपटक पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रियासहितको उपचार सेवा सुरु भएको छ। सेवा सुरु भएसँगै सामान्य उपचारका लागि समेत काठमाडौँ वा विराटनगर धाउनुपर्ने जिल्लावासीको बाध्यता हटेको छ।
अस्पतालले सेवा सुरु गरेलगत्तै दुईजना महिलाको सफल शल्यक्रिया गरिसकेको अस्पताल प्रमुख डा. अमिताब ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामै उपलब्ध विशेषज्ञताको प्रयोग गर्दै विपन्न तथा पहुँचविहीन महिलालाई लक्षित गरी सेवा थालिएको हो।
अस्पतालमा अब पाठेघरको शल्यक्रिया मात्र नभई पाठेघरको मुखको क्यान्सर परीक्षण, बाँझोपन उपचार तथा जटिल प्रसूति सेवा (दोस्रो पटकको शल्यक्रिया) समेत उपलब्ध हुन थालेको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं समन्वय समिति प्रमुख सनबहादुर राईका अनुसार मन्त्रालयमार्फत विशेषज्ञ चिकित्सक झिकाएर सेवालाई दीर्घकालीन बनाउने पहल गरिएको हो।
यसअघि जिल्लाका १० स्थानीय तहमा यस्तो सेवा नहुँदा बिरामीलाई बाहिर पठाउनुपर्ने अवस्था थियो। केही समयअघि दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकाले दर्जनौँ महिलालाई बनेपासम्म लगेर उपचार गराएका थिए।
अब भने जिल्लामै गुणस्तरीय र निःशुल्क सेवा सुरु भएपछि स्थानीयले उपचार अभावमा ज्यान गुमाउनुपर्ने जोखिम घटेको भन्दै खुसी व्यक्त गरेका छन्।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
