नेपाल हेल्थ न्युज, कैलाली । कैलालीको गेटास्थित सञ्चालनमा आएको नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ठूलो संख्यामा प्राध्यापक र उप–प्राध्यापक माग गरेको छ ।
शुक्रबार सूचना प्रकाशित गर्दै प्राध्यापक र उप–प्राध्यापक माग गरेको हो । शैक्षिक कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयले २६ जना प्राध्यापक र ३६ जना उप-प्राध्यापक माग गरेको हो ।
विश्वविद्यालयले विभिन्न संकायका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने तयारी भइरहेको छ । जसका लागि विभिन्न पदहरूमा करारमा जनशक्ति माग गरिएको हो । सूचना अनुसार एनाटोमी–१, फिजियोलोजी–१, प्याथोलोजी–१, माइक्रोबायोलोजी–१, बायोकेमेस्ट्री–१, कम्युनिटी मेडिसिन–१, फरेन्सिक मेडिसिन–१, फर्माकोलोजी–१, नर्सिङ–१, इन्टरनल मेडिसिन–२, ईएनटी–१, अब्स एन्ड गाइनो–१, जनरल सर्जरी–२, एनेस्थेसियोलोजी–२, डर्माटोलोजी–१, डेन्टल सर्जरी–१, पेडियाट्रिक्स–१, रेडियोलोजी–१, साइकियाट्री–१, अर्थोपेडिक्स–१, जनरल प्राक्टिस–१, अप्थाल्मोलोजी–१, मेडिकल एजुकेशन–१ गरी प्राध्यापक तथा सह–प्राध्यापक पदमा आवेदन माग गरिएको छ ।
त्यस्तै, विश्वविद्यालयले उप-प्राध्यापक पदमा एनाटोमी–२, फिजियोलोजी २, प्याथोलोजी–२, माइक्रोबायोलोजी–२, बायोकेमेस्ट्री–२, कम्युनिटी मेडिसिन–२, फरेन्सिक मेडिसिन–२, फर्माकोलोजी–२, नर्सिङ–२, इन्टरनल मेडिसिन–३, ईएनटी–१, अब्स एन्ड गाइनो–३, जनरल सर्जरी–३, एनेस्थेसियोलोजी–२, डर्माटोलोजी–१, डेन्टल सर्जरी–१, पेडियाट्रिक्स–३, रेडियोलोजी–१, साइकियाट्री–१, अर्थोपेडिक्स–३, जनरल प्राक्टिस–२, अप्थाल्मोलोजी–२, मेडिकल एजुकेशन–२ पदमा आवेदन माग गरेको छ । यसका साथै विश्वविद्यालय सञ्चालनका लागि आवश्यक कानुन निर्माणको काम पनि भइरहेको जानकारी गराइएको छ ।

पर्वत अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट
आइतबार, कात्तिक १५, २०८३
अस्पताल उद्घाटन विवादमा गोली लागेर घाइते पासवानको टीयू शिक्षण अस्पतालमा उपचार हुँदै
आइतबार, कात्तिक १५, २०८३
भारतमा १३७ प्रकारका क्यान्सर औषधिको मूल्य घट्दै, व्यापारिक नाफा ३० प्रतिशतमा सीमित
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल हब बनाउने सरकारी तयारी, कार्यदल गठन गरिने
आइतबार, कात्तिक १५, २०८३
