नेभिगेशन

न्याम्सका आवासीय चिकित्सकहरूको माग पूरा नभए सेवा बन्द गर्ने चेतावनी

नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत कार्यरत आवासीय चिकित्सकहरूले आफ्ना विभिन्न माग पूरा गर्न दबाब दिँदै आन्दोलन सुरु गरेका छन्।

रेजिडेन्स एसोसिएसन अफ न्याम्सले विज्ञप्ति सार्वजनिक गर्दै रात्री ड्युटी भत्ता समयमै उपलब्ध गराउन, ड्युटी तालिका व्यवस्थित बनाउन, पुस्तकालय तथा अन्य शैक्षिक सुविधा सुधार गर्न माग गरेको जनाएको छ। मागहरू सम्बोधन नभए थप कडा कदम चाल्ने चेतावनी समेत दिइएको छ।

संघले आजदेखि प्रतिष्ठानअन्तर्गतका कार्यालयहरूमा धर्ना कार्यक्रम सुरु गरेको र समस्या समाधान नभए आकस्मिक सेवाबाहेकका स्वास्थ्य सेवामा संलग्न नहुने बताएको छ।

आवासीय चिकित्सकहरूका अनुसार यसअघि पटक–पटक वार्ता तथा सहमति भए पनि कार्यान्वयन नहुँदा आन्दोलनमा उत्रन बाध्य भएको दाबी गरिएको छ।
आन्दोलनका कारण वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर लगायत न्याम्ससँग सम्बन्धित स्वास्थ्य संस्थाका सेवाहरू प्रभावित भएका छन्।

 

nams-resident-doctors-1023x1536-1771760223.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट