नेपाल हेल्थ न्युज, दाङ । सन्जीवनी इन्स्टिच्युट अफ एडभान्स स्टडिज एण्ड टिचिङ हस्पिटल ले विभिन्न पदमा २५९ जना कर्मचारी माग गरेको छ। घोराही उपमहानगरपालिका–३, भानपुरमा अवस्थित ३०० शय्याको उक्त शिक्षण अस्पतालले मंगलबार सूचना जारी गर्दै नयाँ भर्ना खुलाएको जनाएको हो।
अस्पतालका अनुसार ३२ जना विभिन्न विधाका विशेषज्ञ चिकित्सक र ६० जना मेडिकल अधिकृत आवश्यक रहेका छन्। त्यसैगरी १० जना नर्सिङ सुपरभाइजर, १०० जना पिसिएल नर्स, ३० जना एचए, १० जना एनेस्थेसिया असिस्टेन्ट तथा २ जना अप्थाल्मिक असिस्टेन्ट माग गरिएको छ। साथै १५ जना फार्मासिस्टका लागि पनि आवेदन खुलाइएको अस्पतालले जनाएको छ।
करिब ४ अर्ब रुपैयाँ लगानीमा स्थापना गरिएको यस अस्पतालले यसअघि नै करिब ३५० जनाभन्दा बढी कर्मचारी नियुक्त गरिसकेको जानकारी दिएको छ। अस्पतालका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले पहिलो चरणको भर्ना प्रक्रिया सम्पन्न भइसकेको र अब थप २५९ पदका लागि आवेदन आह्वान गरिएको बताएका छन्।
पाँच वर्षभित्र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित अघि बढिरहेको अस्पतालले निकट भविष्यमा सबै प्रकारका विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ।
-1771998392.jpg)
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
