नेपाल हेल्थ न्युज, काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन खरिदमा अनियमितता भएको आरोपमा १३ जना प्रतिवादीविरुद्ध विशेष अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ। मुद्दा सुनुवाइ विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीश हेमन्त रावल र न्यायाधीश उमेश कोइरालाको इजलासमा हुनेछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २३ गते प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। आयोगको आरोप अनुसार, एमआरआई मेसिन खरिदमा पदाधिकारी र आपूर्तिकर्ताबीच मिलेमतो भएको थियो।
प्रतिवादीहरूको सूचीमा उपकुलपति भण्डारी, तत्कालीन का.मु. रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी र अमितकुमार चौधरी, डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, शाखा अधिकृत छायाँ डी.सी. र श्रीराम चौधरी, आई.टी. अफिसर हिरालाल भण्डारी, सिभिल इन्जिनियर मदन भण्डारी र वरिष्ठ सहायक अन्जु शर्मालगायत छन्।
त्यसैगरी, स्वास्थ्य सेवा विभागकी तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र आपूर्तिकर्ता कम्पनी लुम्बिनी हेल्थकेयर प्रा.लि. र यसको अध्यक्ष पोष्टराज ज्ञवालीलाई पनि प्रतिवादी बनाइएको छ।
आयोगले मुद्दामा सबै प्रतिवादीबाट १२ करोड ७ लाख ६० हजार ९४६ रुपैयाँ बिगो कायम गर्न र हालसम्म भुक्तानी भइसकेको ९ करोड ३४ लाख २६ हजार ६१९ रुपैयाँ असुल गर्न माग गरेको छ।
अख्तियारको निष्कर्ष अनुसार, प्रतिष्ठानले खरिद प्रक्रिया अघि बजेटको योजना र आवश्यकता पहिचान नगरी काम अगाडि बढाएको थियो। साथै, सार्वजनिक खरिद ऐनको उल्लङ्घन गर्दै प्राविधिक शर्तहरू ठ्याक्कै एक कम्पनीको लागि मिलाएर तयार पारिएको बताइएको छ।
भक्तपुर अस्पतालको प्रमुख मेडिकल सुपरीटेन्डेन्टमा डा. झा नियुक्त
बुधबार, जेठ २७, २०८३
अल्सर रोग के हो ? के खाने के नखाने ? यस्तो छ डाक्टरको सल्लाह
बुधबार, जेठ २७, २०८३
चिकित्सक लाइसेन्स परीक्षाका लागि अब काठमाडौं धाउन नपर्ने
बुधबार, जेठ २७, २०८३
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
बुधबार, जेठ २७, २०८३

