नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतम र नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक प्रमुख स्कट अर्बोमबीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ।
मन्त्रालयमा आयोजित उक्त भेटमा नेपाल र अमेरिका बीचको लामो समयदेखिको मैत्री सम्बन्ध, स्वास्थ्य क्षेत्रमा जारी सहकार्य तथा कोभिड–१९ नियन्त्रणका लागि भएको साझेदारीबारे छलफल गरिएको जनाइएको छ।
दुवै पक्षले मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धन, विपद् व्यवस्थापन क्षमता अभिवृद्धि र स्वास्थ्य प्रणाली सुदृढीकरणमा भइरहेको तथा आगामी सम्भावित सहकार्यका विषयमा विचार आदानप्रदान गरेका थिए।
भेटका क्रममा मन्त्री गौतमले नेपालको स्वास्थ्य पूर्वाधार मजबुत बनाउन र सामाजिक–आर्थिक विकासमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो।
यस अवसरमा दुवै प्रतिनिधिले आपसी सम्मान र समझदारीका आधारमा स्वास्थ्य क्षेत्रमा सहकार्यलाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
बुधबार, भदौ २४, २०८३
