नेपाल हेल्थ न्युज, दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामीलाई औषधीसम्बन्धी सही र स्पष्ट जानकारी उपलब्ध गराउने उद्देश्यले औषधी परामर्श कक्ष सुरु गरेको छ। औषधी सेवनसम्बन्धी अन्योल र गलत प्रयोग घटाउने लक्ष्यसहित यो सेवा सञ्चालनमा ल्याइएको हो।
प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिष्ट्रार प्रा. श्याम लम्सालका अनुसार जिल्लामै पहिलोपटक यस प्रकारको सेवा थालिएको हो। उहाँले बिरामीले आफूले सेवन गर्ने औषधीको नाम, मात्रा, प्रयोग विधि, सम्भावित असर तथा अपनाउनुपर्ने सावधानीबारे विस्तृत जानकारी पाउन सक्ने बताउनुभयो।
कक्षको उद्घाटन निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीले गर्नुभएको हो। उहाँका अनुसार चिकित्सकले दिएको प्रेस्क्रिप्सन स्पष्ट रूपमा नबुझ्दा केही बिरामीले औषधी गलत तरिकाले प्रयोग गर्ने सम्भावना रहने भएकाले त्यसलाई न्यूनीकरण गर्न यो पहल गरिएको हो।
प्रतिष्ठानले उक्त कक्षमा दक्ष फार्मासिस्ट (औषधि परामर्शदाता) खटाएर बिरामीलाई आवश्यक मार्गदर्शन प्रदान गर्ने जनाएको छ। यस सेवाबाट औषधीको सुरक्षित र प्रभावकारी प्रयोगमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
शुक्रबार, साउन ८, २०८३
आईभीएफ सेवा व्यवस्थित बनाउन कार्यविधि र छुट्टै ऐनको तयारी
शुक्रबार, साउन ८, २०८३
वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी
शुक्रबार, साउन ८, २०८३
२१ वर्षदेखि बोकेको दुर्लभ ट्युमर अन्ततः सफल शल्यक्रियाबाट हटाइयो
बिहीबार, साउन ७, २०८३
