नेपाल हेल्थ न्युज, काठमाडौं । आगामी २१ फागुनमा तय भएको निर्वाचनलाई मध्यनजर गर्दै सम्भावित स्वास्थ्य आपतकालीन अवस्थाको सामना गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको वीर अस्पताल ले विशेष तयारी थालेको छ।
निर्वाचन अवधिमा हुनसक्ने आकस्मिक घटनाबाट उत्पन्न स्वास्थ्य समस्याको शीघ्र व्यवस्थापन गर्न अस्पतालले २६ सदस्यीय ‘तत्काल उद्धार तथा उपचार समिति’ गठन गरेको हो। उक्त समितिमा २४ जना चिकित्सकका साथै नर्सिङ प्रमुख र फार्मेसी प्रमुख समावेश छन्।
अस्पतालका आकस्मिक विभाग प्रमुख डा. सुरेश प्रसाद नेपालको संयोजकत्वमा गठन गरिएको समितिले निर्वाचन अवधिभर २४ घण्टा तयारी अवस्थामा रहेर सेवा दिने जनाइएको छ।
अस्पतालका निर्देशक प्राडा दिलिप शर्माका अनुसार केन्द्रीय अस्पतालको जिम्मेवारीलाई ध्यानमा राख्दै पूर्वतयारीस्वरूप समिति गठन गरिएको हो। सरकारको निर्णयअनुसार अस्पतालले आवश्यक जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखेको उनले बताए।
समितिमा पनिर्देशक डा. मीन चन्द्र अधिकारी, हाडजोर्नी रोग विशेषज्ञ डा. विनोद जोशी, कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसी र डा. ऋतु प्रधानी लगायत चिकित्सकहरू सहभागी रहेका छन्।
निर्वाचन अवधिमा कुनै पनि आपतकालीन अवस्था आएमा छिटो तथा प्रभावकारी उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले समन्वयात्मक ढंगले काम गर्ने तयारी गरेको जनाएको छ।

काठमाडौंमा होली उत्सव मनाइदै: रमाइलोसँगै स्वास्थ्य सुरक्षा आवश्यक
सोमबार, फागुन १८, २०८२
महेन्द्रनगरमा पहिलो पटक फोक्सो जाँचका सेवा सुरु, सुदूरपश्चिमका बिरामीलाई राहत
सोमबार, फागुन १८, २०८२
मृत दाताको गर्भाशयबाट बेलायतमा पहिलो पटक स्वस्थ शिशुको जन्म
आइतबार, फागुन १७, २०८२
अध्ययनले देखायो १६ जिल्लामा कुष्ठरोगको गम्भीर अवस्था
आइतबार, फागुन १७, २०८२
