नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम समक्ष मन्त्रालय र मातहतका निकायहरूको सार्वजनिक खरिद व्यवस्थापनलाई थप पारदर्शी, मितव्ययी र नतिजामुखी बनाउन गठित उच्चस्तरीय कार्यदलले प्रतिवेदन बुझाएको छ ।
मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा कार्यदलले प्रतिवेदन मन्त्री समक्ष बुझाएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
प्रतिवेदनमा खरिद गुरुयोजना, ई–जीपीको पूर्ण कार्यान्वयन र मन्त्रालयमा खरिद गरिएका उपकरणहरूको कम्तीमा पाँच वर्षको मर्मत सम्भार सम्झौता अनिवार्य गर्नुपर्ने जस्ता कुरा समेटिएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयाो ।
प्रतिवेदन बुझ्दै मन्त्री डा गौतमले प्रतिवेदनमा समेटिएका सुझावहरूलाई कार्य योजना बनाएर तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रको खरिद प्रणालीमा रहेका विगतका समस्यालाई समाधान गरी नागरिकले पाउने स्वास्थ्य सेवाको गुणस्तरमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको बताउनुभयो ।
मन्त्रालयले मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा चुमनलाल दासको संयोजकत्वमा पूर्व–सचिव सुरेश प्रधान, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका पूर्वनिर्देशक डा भीमसिंह तिंकरी रहेको कार्यदल गठन गरेको थियो ।
देशभर रेबिजविरुद्धको खोप वितरण सुरु
बुधबार, साउन २०, २०८३
विश्वविद्यालय अनुदान आयोगको सदस्यसचिवमा प्रा.डा. रोजी श्रेष्ठ नियुक्त
बुधबार, साउन २०, २०८३
इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवनरक्षा गर्न चिकित्सक संघको माग
बुधबार, साउन २०, २०८३
७२ जिल्लामा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि, दुईको मृत्यु
बुधबार, साउन २०, २०८३
