नेपाल हेल्थ न्युज, काठमाडौं । काठमाडौं मेडिकल कलेजमा दुर्लभ र जटिल मस्तिष्क रोगको सफल उपचार गरिएको छ।
न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वको चिकित्सकहरूको टोलीले ७२ वर्षीया महिलाको ठूलो आकारको मस्तिष्क एन्युरिज्म उपचार गरेको हो।
अस्पतालका अनुसार बिरामीको मस्तिष्कको रक्तनलीमा २.५ सेन्टिमिटरभन्दा ठूलो एन्युरिज्म देखिएको थियो। जुन निकै जोखिमपूर्ण मानिन्छ।
खुला शल्यक्रिया सम्भव नभएकाले चिकित्सकहरूले आधुनिक प्रविधिबाट रक्तनलीभित्र उपकरण राखेर उपचार गरेका थिए।
उपचारपछि बिरामीको अवस्था अहिले स्थिर रहेको र स्वास्थ्यमा सुधार देखिएको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: आइतबार, चैत १, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

