नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सक डा. मनोजकुमार गुप्तामाथि अनुशासनात्मक कारबाही गरेको छ। काउन्सिलको ११ र १२ फागुनमा बसेको पूर्ण बैठकले उनलाई ६ महिनासम्म प्रोबेशन मा राख्ने निर्णय गरेको हो।
काउन्सिलका रजिस्ट्रार सतिसकुमार देवका अनुसार प्रोबेशन अवधिमा डा. गुप्ताले अन्य वरिष्ठ चिकित्सकको निगरानीमा मात्र काम गर्नुपर्नेछ। शल्यक्रियामा संलग्न चिकित्सकहरूको बयान र विषयविज्ञको सुझावका आधारमा यस्तो निर्णय गरिएको उनले बताए।
बाराका ३७ वर्षीय सुरेश शाह कानु पित्तथैलीसम्बन्धी समस्या भएपछि १४ कात्तिक २०८० मा प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि पुगेका थिए। त्यहाँ कार्यरत डा. गुप्ताले आवश्यक रिपोर्ट नआउँदै शल्यक्रियाको तयारी गराएका थिए। सोही दिन शल्यक्रिया गरेर पित्तथैली निकालिएको बताइए पनि त्यसको परीक्षण रिपोर्ट परिवारलाई उपलब्ध गराइएको थिएन।
शल्यक्रियापछि सुरेशको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएपछि परिवारले उनलाई अर्को अस्पतालमा लगेको थियो। त्यहाँ गरिएको परीक्षणमा पर्याप्त जाँचबिन नगरी शल्यक्रिया गरिएको र शरीरभित्र क्यान्सर फैलिएको अवस्था रहेको चिकित्सकहरूले बताएका थिए। उपचारकै क्रममा ३२ साउन २०८१ मा सुरेशको मृत्यु भयो।
परिवारले चिकित्सकीय लापरबाहीका कारण मृत्यु भएको दाबी गर्दै २८ पुस २०८१ मा नेपाल मेडिकल काउन्सिलमा उजुरी दिएका थिए। सोही उजुरीमाथि अनुसन्धान गर्दै काउन्सिलले प्रमाण, बयान तथा विशेषज्ञ रायका आधारमा उक्त कारबाही गरेको जनाएको छ।
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
शिक्षण अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान
शुक्रबार, असार ५, २०८३
भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
शुक्रबार, असार ५, २०८३
वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
