नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना बढाउने उद्देश्यले सामाजिक सञ्जालमार्फत भिडियो प्रतियोगिता घोषणा गरेको छ। बोर्डले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गरेको जनाएको हो।
बोर्डका अनुसार नागरिकलाई डिजिटल माध्यमबाट स्वास्थ्य बिमाको महत्त्वबारे जानकारी दिन र कार्यक्रममा सहभागिता बढाउन प्रतियोगिता सञ्चालन गरिएको हो।
प्रतियोगितामा सहभागी हुन चाहनेले स्वास्थ्य बिमासम्बन्धी विषय समेटेर अधिकतम एक मिनेटको ‘भर्टिकल रिल्स’ फर्म्याटमा भिडियो तयार गर्नुपर्नेछ। उक्त भिडियो टिकटक वा फेसबुक रिल्समा पोस्ट गरी तोकिएको ह्यासट्याग प्रयोग गर्नुपर्ने जनाइएको छ।
सहभागीले पोस्ट गरेको भिडियो चैत २ देखि १५ गतेभित्र बोर्डको इमेल [email protected] मा पठाउनुपर्नेछ। बोर्डले जानकारी दिएअनुसार प्रतियोगितामा पठाइएका भिडियोहरूको मूल्यांकन लाइक, सेयर, कमेन्ट र भ्युजको संख्या, सन्देशको स्पष्टता, सिर्जनात्मक प्रस्तुति तथा सामाजिक सन्देशको प्रभावका आधारमा गरिनेछ।
प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगदसहित पुरस्कार प्रदान गरिनेछ। प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन्।

‘कुष्ठ प्रभावितलाई स्वावलम्बी, आत्मनिर्भर र सक्षम बनाइनुपर्छ’
आइतबार, भदौ ७, २०८३
त्रिवि शिक्षण अस्पतालमा गर्भमै रहेको बच्चाको एनिमियाको सफल उपचार
आइतबार, भदौ ७, २०८३
अस्ट्रेलियामा स्तनधारी जीवमा एच-५ बर्ड फ्लुको पहिलो संक्रमण पुष्टि
आइतबार, भदौ ७, २०८३
सल्यानमा स्क्रबटाइफस संक्रमण बढ्दो, एक जनाको मृत्यु
आइतबार, भदौ ७, २०८३
