नेपाल हेल्थ न्युज, हुम्ला । हिमाली जिल्ला हुम्लामा १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर (एचपिभी) विरुद्धको खोप चैत १५ गतेभित्र लगाइने भएको छ।
राष्ट्रिय खोप अभियानअन्तर्गत छुटेका किशोरीलाई समेट्न जिल्ला स्वास्थ्य सेवा कार्यालयले पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो। जिल्ला स्तरीय अभिमुखीकरणपछि जिल्लाका सातवटै गाउँपालिकामा खोप अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार कक्षा ६ मा अध्ययनरत तथा सोही उमेर समूहका कुल ६८६ जना किशोरीलाई खोप दिइनेछ। विद्यालय बाहिर रहेका किशोरीलाई समेत कार्यक्रममा समेटिने व्यवस्था गरिएको छ।
गाउँपालिकाअनुसार खोप लगाइने किशोरीको सङ्ख्या खार्पुनाथमा ९५, चङ्खेलीमा ७२, सर्केगार्डमा १ सय २७, नाम्खामा २७, ताँजाकोटमा ९५, सिमकोटमा १ सय ६५ र अदानचुलीमा १०५ रहेको छ। नाम्खा गाउँपालिका–६ को लिमी क्षेत्रमा भने लक्षित उमेर समूहका किशोरी नभएको जनाइएको छ।
खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुमा आयोजित अभिमुखीकरण कार्यक्रममा सातवटै गाउँपालिकाका स्वास्थ्य संयोजक तथा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो।
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
शिक्षण अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा दरखास्त आह्वान
शुक्रबार, असार ५, २०८३
भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो
शुक्रबार, असार ५, २०८३
वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्ण विश्वविद्यालयमा रूपान्तरण गर्न माग
शुक्रबार, असार ५, २०८३
