नेपाल हेल्थ न्युज, हुम्ला । हिमाली जिल्ला हुम्लामा १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर (एचपिभी) विरुद्धको खोप चैत १५ गतेभित्र लगाइने भएको छ।
राष्ट्रिय खोप अभियानअन्तर्गत छुटेका किशोरीलाई समेट्न जिल्ला स्वास्थ्य सेवा कार्यालयले पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागेको हो। जिल्ला स्तरीय अभिमुखीकरणपछि जिल्लाका सातवटै गाउँपालिकामा खोप अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।
स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. उमाकान्त तिवारीका अनुसार कक्षा ६ मा अध्ययनरत तथा सोही उमेर समूहका कुल ६८६ जना किशोरीलाई खोप दिइनेछ। विद्यालय बाहिर रहेका किशोरीलाई समेत कार्यक्रममा समेटिने व्यवस्था गरिएको छ।
गाउँपालिकाअनुसार खोप लगाइने किशोरीको सङ्ख्या खार्पुनाथमा ९५, चङ्खेलीमा ७२, सर्केगार्डमा १ सय २७, नाम्खामा २७, ताँजाकोटमा ९५, सिमकोटमा १ सय ६५ र अदानचुलीमा १०५ रहेको छ। नाम्खा गाउँपालिका–६ को लिमी क्षेत्रमा भने लक्षित उमेर समूहका किशोरी नभएको जनाइएको छ।
खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चुमा आयोजित अभिमुखीकरण कार्यक्रममा सातवटै गाउँपालिकाका स्वास्थ्य संयोजक तथा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो।
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
