नेपाल हेल्थ न्युज, जुम्ला । पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपीभी खोप अभियान जुम्लामा सञ्चालन हुने भएको छ ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत चैत ९ गतेदेखि जिल्लाका आठै पालिकाका ८४ खोप केन्द्रमार्फत खोप दिइने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कक्षा ६ मा अध्ययनरत १०–१४ वर्ष उमेर समूहका १,२७७ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । पालिकाअनुसार चन्दननाथमा २७७, तातोपानीमा १६४, गुठिचौरमा ७७, पातारासीमा २२१, तिलामा १८५, हिमामा २२१, सिजामा १३५ र कनकासुन्दरीमा १७७ जना रहेका छन् ।
अभियान प्रभावकारी बनाउन सरोकारवालासँग पूर्वतयारीबारे छलफल गरिएको र लक्षित सबै किशोरीलाई समेट्ने तयारी रहेको जनाइएको छ । गत वर्ष कक्षा ७–१० का किशोरीलाई खोप दिइएकोमा यस वर्ष कक्षा ६ लाई मात्र समेटिएको हो ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इम्युनोसप्रेसेन्ट औषधिको बिक्री र प्रयोगमा रोक छैन: औषधि व्यवस्था विभाग
बिहीबार, असोज २९, २०८३
विभिन्न कार्यक्रम गरी विश्व हात धुने दिवस मनाइँदै
बिहीबार, असोज २९, २०८३
माग पूरा नभए सत्याग्रह पुनः सुरु गर्ने डा. केसीको चेतावनी
बिहीबार, असोज २९, २०८३
दसैँ बिदामा पनि अस्पतालको सेवा निरन्तर
बिहीबार, असोज २९, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३ट्रेन्डिङ
२
५
