नेपाल हेल्थ न्युज, जुम्ला । पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एचपीभी खोप अभियान जुम्लामा सञ्चालन हुने भएको छ ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत चैत ९ गतेदेखि जिल्लाका आठै पालिकाका ८४ खोप केन्द्रमार्फत खोप दिइने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
कक्षा ६ मा अध्ययनरत १०–१४ वर्ष उमेर समूहका १,२७७ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ । पालिकाअनुसार चन्दननाथमा २७७, तातोपानीमा १६४, गुठिचौरमा ७७, पातारासीमा २२१, तिलामा १८५, हिमामा २२१, सिजामा १३५ र कनकासुन्दरीमा १७७ जना रहेका छन् ।
अभियान प्रभावकारी बनाउन सरोकारवालासँग पूर्वतयारीबारे छलफल गरिएको र लक्षित सबै किशोरीलाई समेट्ने तयारी रहेको जनाइएको छ । गत वर्ष कक्षा ७–१० का किशोरीलाई खोप दिइएकोमा यस वर्ष कक्षा ६ लाई मात्र समेटिएको हो ।
प्रकाशित मिति: बुधबार, चैत ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
विपद्पछि राहतमा मात्र सीमित नभई दीर्घकालीन स्वास्थ्य तयारीमा जोड
बुधबार, भदौ २४, २०८३
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
बुधबार, भदौ २४, २०८३
किष्ट अस्पतालमा ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण
बुधबार, भदौ २४, २०८३
नारायणी अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा
बुधबार, भदौ २४, २०८३
